लेखनाथ महोत्सवमा चित्रकला प्रतियोगिता हुने

पाेखरा | मंसिर २३, २०८०

लेखनाथ महोत्सवमा चित्रकला प्रतियोगिता हुने

पोखरा:  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औं संस्करणको लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए ।


प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ भने सहभागीहरु सबैलाई समेत प्रोत्साहनको व्यवस्था गरिएको छ । ‘‘प्रतियोगितामा विद्यार्थीहरले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’ –संयोजक ढुंगानाले बताए ।


महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचय पत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।


कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघक िमहासचिव जानुका पराजुली, द्धितीय उपाध्यक्ष विक्रम कर्माचार्य, एन प्याब्सनका केन्द्रीय सदस्य शिवदत्त तिवारी, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, युनिप्स नेपालकी अध्यक्ष शान्ता गुरुङ्ग लगायतले बोलेका थिए ।
 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्